मेगा बैंकद्धारा जोरपाटीको तरकारी बजारमा क्यूआर कोड विस्तार

0
Shares

मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई तीव्रताका साथ विस्तार गरिरहेको छ ।

नगदरहित कारोबारलाई क्रमशः बिस्थापन गरी डिजिटल भुक्तानीलाई प्रबर्धन गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले शुक्रबार काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनुपमा खुञ्जेलीले तरकारी किनेको रकम क्यूआर कोडबाट भुक्तानी गरी क्यूआरकोड भुक्तानी सेवाको औपचारिक शुभारम्भ गरिन् । कार्यक्रममा ८० जना तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरिएको थियो ।

नेपाल राष्ट्र बंैक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेलले नगदको कारोबार कम गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न अहिले विश्वभरि नै प्राथमिकता दिइएको बताए । कार्यक्रममा शुभकामना मन्तव्य दिँदै उनले नेपालमा पनि डिजिटल भुक्तानीको तीव्र विस्तार भइरहेकोमा आफूलाई खुसी लागेको बताए । डिजिटल भुक्तानीको ब्यवस्थाले नेपाल पनि आधुनिकीकरणतर्फ गइरहेको उनको भनाई थियो ।

मेगा बैंककी सीइओ खुञ्जेलीले नोटबाट कारोबार गर्दा कोरोना संक्रमणको समेत जोखिम रहेकाले डिजिटल भुक्तानीलाई मेगा बैंकले प्राथमिकता दिइरहेको बताइन् । क्यूआर कोडबाट कारोबार गर्दा उत्पादक, बिक्रेता तथा खरिदकर्ता सबैलाई बैंकिङ प्रणालीमा जोडिनु पर्ने भएकोले गर्दा यसबाट हुने पारदर्शिताको कारण कसैलाई पनि असहज कारोबार नहुने बताइन् ।

यसैगरी,सीइओ खुञ्जेलीले सहुलितपूर्ण महिला उद्यमी कर्जा, कृषि कर्जा लगायतको माध्यमबाट नेपालमा उत्पादनको वातावरण सिर्जना गर्न मेगा बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

क्यूआर कोड भुक्तानी देशब्यापी बन्दै, तीन दर्जन बढी स्थानमा औपचारिक उद्घाटन

एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोन पे नेटवर्क अन्तरगतको मेगा क्यूआर कोडबाट कारोबार गर्दा रकम सिधै बैंकिङ प्रणालीमा जाने हुँदा बैंक तथा प्रयोगकर्तालाई पनि सहज र सुलभ भइरहेको बताए ।

यसैगरी, विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारका अध्यक्ष छबिलाल ओझाले १ सय ५० जनालाई आफूहरुले रोजगारी सिर्जना गरिरहेको जानकारी दिँदै मेगा बैंकसँग जोडिन पाउँदा अत्यन्तै खुसी भएको बताए ।

तरकारी बजारमा क्यूआरकोड सेवा शुभारम्भ भएपछि ब्यवसायी तथा ग्राहकहरु निकै हर्षित भएका छन् । यो ब्यवस्थासँगै उपभोक्ताहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन ।

क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरुको आर्कषण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।