साताभर सुनचाँदीको मूल्यमा उतारचढाव कायमै, सुन तोलामा १५ सय र चाँदी ११० रुपैयाँले महँगियो


काठमाडौँ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाबको प्रभाव स्वदेशी बजारमा समेत परेसँगै यो साता सुनचाँदीको मूल्य घटेको हो ।

साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबारसम्ममा सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा एक हजार ९०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा पुगेको थियो ।

सोमबार पनि सुनको मूल्यमा वृद्धि भएको थियो । सोमबार सुन तोलामा ६०० रुपैयाँले बढेसँगै प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार सुन तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । बुधबार सुनको मूल्यमा उच्च वृद्धि भएको थियो । बुधबार एकैदिन सुन तोलामा ५ हजार ४०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार पनि सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुनमा उच्च गिरावट आएको थियो । शुक्रबार एकैदिन सुन तोलामा ५ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ कायम भई यो साताको लागि कारोबार बन्द भएको हो ।

यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबार सम्ममा चाँदी तोलामा ११० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबार चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो । बुधबार एकैदिन चाँदी तोलामा ११० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार भने चाँदी तोलामा १५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३५० रुपैयाँ कायम भएर यो साताको कारोबार बन्द भएको हो ।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार  ०९ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।