मेचीनगरबाट भन्सारछलीका कपडा बरामद


भद्रपुर । भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको एक लाख ४१ हजार ४० रुपैयाँ बराबरको कपडा जिल्ला प्रहरी कार्यालय झापाले बरामद गरेको छ ।

मेचीनगर नगरपालिका–६ हनुमान मन्दिर क्षेत्रबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले एक लाख ४१ हजार ४० रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेका अवस्थामा विभिन्न किसिमका कपडा नियन्त्रणमा लिइएको हो । बरामद गरिएका सम्पूर्ण कपडा आवश्यक कारबाहीका लागि काँकरभिट्टा भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार  १७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।