प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष सिटौलाद्धारा पदभार ग्रहण

0
Shares

 

प्रभु बैंक (PRVU) का सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिला प्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बैंकको सञ्चालक समितिको बैशाख ५ गते सम्पन्न २०९ औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् । बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनलाई बैशाख २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेका अध्यक्षले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव संगालेका छन् । नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भई कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी बहन गरेका थिए ।

उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि विकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उनको विशेष योगदान रहेको थियो । उक्त अवधिमा उनले नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही काम गरेका थिए । उनले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरिसकेका छन् ।

नेपालको बैंकिङ्ग क्षेत्रमा लामो समयसम्म कार्यरत रहेर बैंकिङ्ग जगतका विविध क्षेत्रमा अनुभव हासिल गरेका सिटौलाको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक, शेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय हो । अध्यक्षको सबल नेतृत्वबाट प्रभु बैंकलाई आगामी दिनमा ब्यापार व्यवासाय अभिवृद्धिका अतिरिक्त अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।