काठमाडौँ । मंगलबार स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ३०० रुपैयाँले र चाँदी तोलामा १३५ रुपैयाँले घटेको हो ।
मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ४ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०४०.९६ अमेरिकी डलर र चाँदी ५७.१५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया