विराटनगर यातायात कार्यालयले सङ्कलन गर्यो ४८ करोडभन्दा बढी राजस्व


विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल ४८ करोड ९८ लाख २७ हजार १८७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

रुट पर्मिटबाट एक करोड १४ लाख ३१ हजार ८३० रुपैयाँ, अन्य सेवा शुल्कबाट ७५ लाख ५१ हजार रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट एक लाख २८ हजार ३०० रुपैयाँ, चालक अनुमति पत्र प्रदानबाट आठ करोड ५३ लाख ३३ हजार ४७५ रुपैयाँ, दण्ड जरिवाना र जफतबाट एक लाख तीन हजार १०० रुपैयाँ र सवारी साधान करबाट ३८ करोड ५२ लाख ७९ हजार ४८२ रुपैयाँ जम्मा भएको हो सूचना अधिकारी लेखप्रसाद आचार्यले बताए ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार  १५ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।