उद्योग मन्त्री यादवद्वारा ग्यास उद्योगको निरीक्षण


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको निरीक्षण गरेकी छन् । काभ्रेको नालामा रहेको सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको निरीक्षण गरेकी छन् ।

उपभोक्ताहरूले ग्याँसको अत्याधिक अभाव भएको भन्दै गुनासो गरेपश्चात दुईवटा उद्योगको मन्त्री यादवले अवलोकन गरेकी हुन् ।

उद्योगीहरूले गत समयमा जस्तै अहिले पनि ग्यासको आपूर्ति सहज रुपमै आफूहरुले गरेको तर उपभोक्ताहरूले नै आफूलाई चाहिनेभन्दा बढी ग्यास खरिद गर्दा बजारमा ग्यास अभाव जस्तै देखिएको गुनासो समेत गरेकी छन् ।

मन्त्री यादवले ग्याँसको अभाव हुन नदिन ब्यबासायिक प्रयोजनलाई भन्दा घरायसी प्रयोजनलाई प्रथामिक्तमा राखि ग्याँसको बिक्री वितरण गर्न निर्देशन दिइन् ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार  १६ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।