युनिक नेपाल लघुवित्तद्धारा बैशाख २५ गते विशेष साधारण सभा आह्वान

0
Shares

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख २५ गते विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले केन्द्रीय कार्यालयको सभा हल, बाँकेमा बिहान ११ बजे बोलाएको छ ।

घोडाघोडी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्झौतामा रहेको यस लघुवित्तले विशेष साधारण सभा मार्फत मर्जर प्रस्ताव पारित गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले कोरोना महामारी अझ बढेका कारण जुम प्रविधिमार्फत सभा गर्ने भएकाले यसका लागि लिंक केही दिन अगाडी इमेल वा मोबाइलमा एसएमएस पठाउने कम्पनीले जानकारी दिएको छ ।

सभाको अन्य प्रस्तावहरुमा भविष्यमा कुनै पनि लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीलाई राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनाउन कम्पनीको प्रवन्धपत्रमा तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका रहेको छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ बैशाख २०७८, मंगलबार  १३ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।