देवानगञ्ज घटनाको छानबिन सुरु


काठमाडौँ । देवानगञ्ज घटनाको छानबिन गर्न गृहमन्त्रालयले गठन गरेको समितिका पदाधिकारी घटनास्थल पुगेका छन् ।

उनीहरूले त्यहाँ सामूहिक रूपमा घटनाबारे जानकारी लिने काम गरिरहेको छ । आइतबार (साउन १०) गते राति भएको झडप र त्यसपछि उत्पन्न परिस्थितिबारे समितिका पदाधिकारीले स्थानीय, राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिसँग छलफल गरिरहेका छन् ।

केहीबेरअघि कप्तानजञ्ज पुगेको छानबिन समितिले घटनाको सूक्ष्म अनुसन्धान गरी सरकारलाई सात दिनभित्र प्रतिवेदन बुझाउने म्यान्डेड पाएको छ । समितिका पदाधिकारीले अहिले छलफल गरिरहेका छन् ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  १३ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।