
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) चौध वर्ष पूरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । नेपालीहरुलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ मिति २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो ।
५६ करोड रुपैयाँ चुक्ता पूँजीबाट स्थापना भएको यस बैंकले पाँचवटा बैंक तथा वित्तीय संस्था प्राप्ती तथा बोनस तथा हकप्रदबाट चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुर्याएको छ ।
बैंकले यस अवधिमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ । त्यसैगरी पछिल्लो समयमा सृजना फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ ।
बैंक स्थापना भएको वर्ष समाप्तीमा १ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा आर्थिक वर्ष २०७७÷७८ को चैत्र मसान्तसम्म आईपुग्दा बैंकको कुल निक्षेप करिव १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने करिव १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि भएको छ । बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर १ अर्ब भन्दा माथि रहँदै आएको छ । गत आर्थिक वर्षमा मात्र एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिव १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ ।
स्थापनाको पहिलो वर्ष ९ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएकोमा हाल यस बैंकले सातै प्रदेशमा फैलिएका आफ्ना १६७ वटा शाखाहरुबाट करिव १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैयमाससम्ममा थप ७४ वटा शाखाहरू विस्तार गरिसकेको छ । बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न बैंकले स्थापना कालदेखिनै पहल कदमी गरिसकेको थियो ।
२०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केहि उदाहरणहरु हुन । वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धन तथा संघीयतालाई दह्रो र सहज बनाउन सरकारले अवलम्बन गरेको सबै नेपालीको बैंक खाता भन्ने नीतिलाई आत्मसाथ गर्दै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा पनि शाखाहरू विस्तार गर्दै आएको छ ।
स्थापना कालदेखिनै कर्मचारीलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको यस बैंकको थालनि हुँदा ४४ जना कर्मचारी रहेकोमा हाल यस बैंकसँग १ हजार ६ सय जना कर्मचारी आबद्ध छन् ।
यसै सिलसिलामा बैंकमा निरन्तर दुई कार्यकाल पुरा गरी सञ्चालक समितिमा योगदान पु¥याउनु भएका सञ्चालकज्यू तथा बैंकमा निरन्तर १० वर्ष कार्यरत पदाधिकारी एवं कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिऐको छ । “भित्र सिस्टम र बाहिर इमेज” को नारालाई अंगिकार गरेको यस बैंकमा आउने सेवाग्राहीलाई पहिला नमस्तेका साथ अभिनन्दन गर्दै सेवा प्रवाह गर्ने प्रचलन रहेको छ ।
चौध वर्षको अवधिमा ३ लाख ४४ हजार १८३ ग्राहकहरुले मोबाईल बैंकिङ्ग सेवाको उपयोग गरेका छन् । सिटिजन्स बैंकको ई बैंकिङ्गको प्रयोगकर्ता २३ हजार ६६० पुगेको छ भने सिटिजन्स डेबिट तथा क्रेडिट कार्डधारकको सङ्ख्या १ लाख ७९ हजार ७४० रहेको छ ।
बैंकका डेबिट, क्रेडिट/प्रिभिलेज कार्डवाहक महानूभावहरुले विभिन्न प्रकारको सेवा सुबिधा लिंदा विशेष छुटको प्रबन्ध मिलाईएको छ जसका निम्ति बैंकले हालसम्म १३७ वटा विभिन्न क्षेत्रका सेवा प्रदायकहरु सँग विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
बैंकले खुद्रा लेनदेन र किनमेललाई सहज, सरल र झन्झटरहित बनाउनका खातिर बैंकले विभिन्न तरकारी बजार, फलफूल बजार, ससाना किराना पसलहरु, पान पसल, पेट्रोल पम्प आदि जस्ता स्थानहरुमा ५ हजार ३१९ वटा क्यूआर कोड तथा ४४० वटा पस मेसिन वितरण गरेर खुद्रा लेनदेनलाई सहज बनाउन एक परिष्कृत कार्ययोजनाका साथ द्रुत गतिमा कार्य गर्दै आई रहेको छ ।
“हजुरको प्रगतिको सहयात्री” भन्ने नाराका साथ स्थापित यस बैंकले स्थापना काल देखिनै संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक रूपान्तरण तथा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न संस्थालाई आर्थिक सहयोग उपलब्ध गराई सकेको छ । बैंकले आगामी दिनहरुमा अझै उच्चस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया