अजोड इन्स्योरेन्सको सञ्चालकमा पानु दत्त पौडेल र सृजना सुवेदी र्निविरोध निर्वाचित

0
Shares

अजोड इन्स्योरेन्स लिमिटेडले मंगलबार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक पदमा पानु दत्त पौडेल रसृजना सुवेदीलाई र्निविरोध निर्वाचित गरेको छ ।

साधारण सभाले स्वतन्त्र विज्ञ संचालक विष्णु प्रसाद नेपालको नियुक्तिको अनुमोदन गरेको छ भने सञ्चालक समिति, अन्य समिति तथा उप–समितिको बैठक भत्ता तथा अन्य सुविधा पारित गरेको छ । सभाले अध्यक्षको प्रति बैठक भत्ता १२ हजार र अन्य सदस्यहरुको भने १० हजार पुर्याएको हो ।

सभाबाट कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुवाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्वन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिको तर्फवाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०७६।७७ को तेस्रो वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ भने कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०७७।०७८ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गरेको छ ।

  • ८८ करोड ४३ लाख बीमशुल्क आर्जन, ४ करोड ५६ खुद नाफा आर्जन

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारण भएको बन्दाबन्दीले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद अजोड इन्स्योरेन्सले आ.व. २०७६÷०७७ मा कुल बीमाशुल्क ८८ करोड ४३ लाख १७ हजार २१८ रुपैयाँ संकलन गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा ४ करोड ५६ लाख ३४ हजार ६७१ रुपैयाँ रहेको र बीमा कोषमा ६ करोड २३ लाख ७२ हजार ६५२ रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३ प्रतिशत, खुद नाफामा २४७.३९ प्रतिशत, एवं बीमा कोषमा १०४.०८ प्रतिशतले वृद्धि हासिल गर्न सफल भएको छ । प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीले पुनर्बीमालाई विशेष जोड दिएको बताए ।

कम्पनीले २०७७ फाल्गुण मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।