हिमालयन बैंकको नाफा १ अर्बले घट्यो, अधिकांश सूचक कमजोर बन्दै

0
Shares

हिमालयन बैंक लिमिटेड (HBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २८ करोड ७१ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा २ अर्ब ३१ करोड ७१ लाख १३ हजार खुद नाफा कमाएको बैंकको नाफा १ अर्ब २ करोड ९९ लाख अर्थात ४४.४५ प्रतिशतले घटेको हो ।

बैंकको वितरणयोग्य नाफा पनि गत आवको यसै अवधिको तुलनामा सामान्य मात्र बढेको छ । गत आवको यसै अवधिमा ८२ करोड ८७ लाख ६३ हजार रहेकोमा ८४ करोड ७६ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको १४ प्रतिशतले पूँजी बढेर खुद ब्याज आम्दानी घटेपछि बैंकको प्रतिशेयर आम्दानी १६.९० रुपैयाँ संकुचित भई १६.०६ रुपैयाँमा झरेको छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब ३२ अर्ब २४ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले २ अर्ब ७१ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ८८ करोड १ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.४५, सञ्चालन नाफा ३९.०८, आधार ब्याजदर २.१२, कोषको लागत १.८७ प्रतिशतले घटेको छ भने निक्षेप ५.५७ र कर्जा लगानी १९.५० प्रतिशतले बढेको छ । बैंकको जगेडा कोषमा ६ अर्ब १९ करोड ७८ लाख र शेयरधनी कोषमा १ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १३.१९, खराब कर्जा अनुपात ०.८१, कोषको लागत ४.६०, कर्जा निक्षेप अनुपात ७८.९९, आधारदर ६.७५, स्प्रेडदर ३.३५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १७१.८१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.३७ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।