सिद्धार्थ बैंकको खुद नाफा ५४ प्रतिशतले बढ्यो

0
Shares

सिद्धार्थ बैंक लिमिटेड (SBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५४ प्रतिशतले खुद नाफा बढेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको खुद ब्याज आम्दानी घटेपनि अन्य आम्दानीमा आएको सुधारले नाफा उच्चदरले बढेको हो।

बैंकले चैत मसान्तसम्ममा २ अर्ब ६ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.१२ प्रतिशत बढी हो। गत वर्षको चैतसम्म बैंकले एक अर्ब ३३ करोड ९९ लाख नाफा गरेको थियो ।

खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढेको छ भने निष्क्रिय कर्जा घटेका कारण खुद नाफा बढ्न पुगेको हो। बैंकको यसअवधिमा सञ्चालन मुनाफा ५०.७५ प्रतिशत बढेको छ।

बैंकको निक्षेप २३.४२ प्रतिशत तथा कर्जा २३.८६ प्रतिशत बढेको छ। चैत मसान्तसम्म बैंकमा एक खर्ब ७२ अर्ब निक्षेप तथा एक खर्ब ५३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकको वितरण योग्य मुनाफा ८३ करोड १४ लाख रुपैयाँ छ। चुक्ता पूँजी १२ प्रतिशतले बढाएको बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९१ पैसा बाट बढेर २५ रुपैयाँ २८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.६ गुणा, प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ८९ पैसा छ।

१० अर्ब ९६ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडाकोषमा ८ अर्ब ९७ करोड रुपैयाँ छ । बैंकको जगेडा कोष ४४.२५ प्रतिशत बढेको हो। बैंकको निष्क्रिय कर्जा ०.८८ प्रतिशतमा झरेको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।