अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक प्रस्थान गर्ने यात्रुलाई रोक लगाएको छ ।
विभागले बैशाख १५ गते रातको १२ बजेबाट अन्तराष्ट्रिय विमानस्थल मार्फत यात्रा गर्न रोक लगाएको हो ।
विभागका निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले विश्वब्यापी महामारी कोरोना भाइरसको नयाँ भेरियन्टको बढ्दो जोखिमलाई मध्यनजर गर्दै तेस्रो मूलुक प्रस्थान गर्ने उदेश्यले नेपाल आगमन गर्न र नेपालको विमानस्थलाई ट्रान्जिटको रुपमा प्रयोग गरी अन्य गन्तब्यतर्फ यात्रा गर्न बुधबार रातिदेखि रोक लगाइएको जानकारी दिए ।
निर्देशक ढकालले ट्रान्जिटको रुपमा यात्रा गर्न रोक लगाएपनि विदेशबाट नेपाललाई अन्तिम गन्तव्य बनाई आगमन गर्न र नेपालबाट विदेश जान साविक बमोजिम नै नियमित रहने बताए ।
छिमेकी देशहरुबाट सिधा उडान बन्द भएपछि पछिल्लो समय नेपाललाई ट्रान्जिटको रुपमा प्रयोग गरी विदेशिने प्रवृत्ति पछिल्लो समय बढिरहेको थियो । ट्रान्जिटको रुपमा नेपालको विमानस्थल प्रयोग गर्दा कोरोना भाइरसको संक्रमण थप फैलनसक्ने जोखिमलाई आंकलन गर्दै विभागले बन्द गरेको हो ।
पछिल्लो समय साउदी अरेविया लगायत केही मुलुकले भारतबाट सिधा उडान बन्द गरेपछि कतिपय भारतीय नागरिकहरु नेपाललाई ट्रान्जिटको रुपमा प्रयोग गरी बाहिरिने गरेका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया