नेपाल इन्भेष्टमेन्ट बैंकको यस्तो छ ९ महिनाको प्रगति विवरण

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ८४ करोड ७१ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा २ अर्ब ४९ करोड ५५ लाख २७ हजार खुद नाफा कमाएको बैंकको १४.०९ प्रतिशत (३५ करोड १६ लाख) ले नाफा बढेको हो ।

ब्याज आम्दानी घटेपनि बैंकको खराब कर्जा वापतको नोक्सानी व्यवस्था घट्दा नाफा बढेको छ । गत आवको यसै अवधिमा ७७ करोड बढी यस शीर्षकमा छुट्टाएको बैकले चालु आवको यसै अवधिमा भने ३ करोड मात्र राखेको जसले आम्दानी घट्दा पनि खुद नाफामा असर पुगेको देखिँदैन । 

बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको तुलनामा ४६० प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा २४ करोड ७१ लाख ५४ हजार रुपैयाँ रहेकोमा बढेर १ अर्ब ३८ करोड ५२ लाख ५८ हजार रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी १६ अर्ब २५ करोड ७३ लाख ३० हजार रुपैयाँ रहेको बैंकको १४ प्रतिशतले पूँजी बढेपनि प्रतिशेयर आम्दानी स्थीर रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २३.३५ रुपैयाँ छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब ६५ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५६ अर्ब ९ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ४ अर्ब २३ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको आम्दानीको शीर्षहरु खुद ब्याज आम्दानी, फि कमिशन आय भने घटेको छ । बैंकको खुद ब्याज आम्दानी ५.३१ प्रतिशतले घटेपनि सञ्चालन नाफा भने १५.७८ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंकको निक्षेप संकलन ०.२४ प्रतिशतले घट्दा कर्जा लगानी १५.५५ प्रतिशतले बढेको छ । बैंकको आधार ब्याजदर २.५८, कोषको लागत २.०७ प्रतिशतले घटेको छ । बैंकको जगेडा कोषमा १२ अर्ब ९४ करोड ५१ लाख र शेयरधनी कोषमा १ अर्ब १४ करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १४.७८, खराब कर्जा अनुपात २.३२, कोषको लागत४.३१, कर्जा निक्षेप अनुपात ७९.०५, आधारदर ५.९५, स्प्रेडदर ३.५७ प्रतिशत, प्रतिशेयर नेटवर्थ १८६.७२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.८६ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।