सिन्धु विकास बैंकको नाफा साढे ३ करोड

0
Shares

सिन्धु विकास बैंक (SINDU) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ५६ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा १ करोड ९७ लाख नाफा कमाएको बैंकको नाफा ८१ प्रतिशतले बढेको हो ।

बैंकको वितरणयोग्य नाफा पनि २०० प्रतिशत बढेर ४ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी ५५ करोड ७४ लाख ७६ हजार रुपैयाँ रहेको बैंकको पूँजी स्थीर रहेपछि प्रतिशेयर आम्दानी ३.८१ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिशेयर आम्दानी ८.५३ रुपैयाँ छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ३ अर्ब ८३ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९१ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १० करोड ९९ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ५ करोड ९ लाख ७७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी सामान्य मात्रै बढेपनि अन्य सञ्चालन आम्दानी सहित अन्य स्रोतको कमाई बढ्दा नाफा बढेको हो ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १७.४७, खराब कर्जा अनुपात २.४२, कोषको लागत ५.८१, कर्जा निक्षेप अनुपात ७४.८०, आधारदर ९.१९, स्प्रेडदर ५.०८ प्रतिशत, प्रतिशेयर नेटवर्थ ११६.०७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.८८ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।