निषेधाज्ञामा एक तिहाई कर्मचारीबाट सेवा दिन बीमा समितिको निर्देशन

0
Shares

बीमा समितिले बीमा कम्पनीहरुलाई निषेधाज्ञा अवधि भर एक तिहाई कर्मचारीबाट सेवा दिन निर्देशन दिएको छ ।

समितिले एक सर्कुलर जारी गर्दै इजाजत पत्र सबै बीमा कम्पनीलाई आवश्यक बीमा सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीहरुमध्ये एक तिहाई कर्मचारीहरुबाट आलो पालोमा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

कम्पनीहरुलाई निषेधाज्ञा अवधि भर अनलाइनमार्फत बीमालेख जारी गर्न तथा अनलाईनबाट नविकरण गर्न सकिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । अनलाईनबाट बीमालेख जारी गर्दा अनिवार्य रुपमा बीमा समितिबाट जारी भएका ऐन नियम र निर्देशिकाका साथै बीमकको अन्डराइटिङ्ग म्यानलुको अधिनमा रहनु पर्ने समितिद्धारा जारी सर्कुलरमा उल्लेख छ ।

बीमालेखको प्रस्ताव फारम अनलाइन मार्फत भराउने र पर्याप्त रुपमा बीमा जोखिमाङ्कन गरी बीमालेख जारी गर्न सकिने समितिले जनाएको छ । बीमालेख प्रस्तावको फारम भर्दा ग्राहक पहिचान फारम, फोटो लगायत अन्य जानकारी समेत मिलाउनु पर्ने समितिले जारी गरेको सर्कुलरमा उल्लेख छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मोवइल बैंकिङ्ग, इबैकिङ्ग तथा अनलाईन सेवा प्रदायकमार्फत बीमालेख अन्तर्गतको बीमाशुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

निर्जीवन बीमा कम्पनीले तत्काल सृजना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यबाट समेत निवेदन प्राप्त भएमा निषेधाज्ञाको अवधि सामाप्त भएपछि तत्काल सर्भेयर खटाएर क्षतिको यकिन गरी दाबी भुक्तानी गर्ने निर्देशन दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।