साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १६.७१ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६२७ दशमलव ८२ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ३९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ३९ कम्पनीका ९ हजार ३३२ कित्ता शेयर ६१ लख ९७ हजार ३० रुपैयाँमा खरीद बिक्री भएका छन् ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्…

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया