हिमालयन जनरलको साधारण सभा आह्वान, कहिले तोक्यो बुकक्लोज ?

0
Shares

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले जेठ २८ गते शुक्रबार कम्पनीको २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको बैशाख १७ गते सम्पन्न्न भएको सञ्चालक समितिको बैठकले सभा हुने मिति तोकेको हो । सभा कम्पनीको केन्द्रीय कार्यालाय थापागाँउ, काठमाडौँमा बिहान ११ः०० बजे भर्चुअल माध्यमबाट हुनेछ ।

सभाले सञ्चालक समिितले प्रस्ताव गरे बमोजिम ३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ३.७५ प्रतिशत नगद गरी कुल ६.७५ प्रतिशत लाभांश पारित गर्नेछ ।

साधारण सभाले चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ बराबरको ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४० हजार रुपैयाँ बराबरको बोनस शेयर र ३.७५ प्रतिशतले हुन आउने ४ करोड ६० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रकृयाको लागि उपयुक्त कम्पनी पहिचान तथा छनौट गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले जेठ १३ गते बिहीबारदेखि २८ गतेसम्म शेयर दाखिला खारेजी गर्ने निर्णय गरेको छ । त्यसअनुसार जेठ ११ गते मंगलबारसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।