रिलायन्स लाइफ इन्स्योरेन्स (RLI) ले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा खुद बीमशुलक संकलनलाई १३१ प्रतिशतले बढाएको छ ।
चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ८४ करोड ४९ लाख २७ हजार रुपैयाँ खुद बीमश्ल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ७९ करोड ७१ लाख ९४ हजार रुपैयाँ खुद बीमशुल्क संकलन गरेको थियो ।
यस अवधिमा कम्वपनीको खुद नाफामा सामान्य मात्र सुधार भएको छ । कम्पनीले ६ करोड ५८ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ६ करोड १३ लाख ९२ हजार रुपैयाँ कमाएको रिलायन्सको नाफा ७.२९ प्रतिशतले बढेको हो ।
गत भदौमा आइपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी ४२.८६ प्रतिशतले बढेर २ अर्ब १० करोड रुपैयाँ पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४.१८ रुपैयाँ रहेको छ ।
कम्पनीको जगेडा कोष ३७.५० प्रतिशतले बढेर २० करोड ५७ लाख, जीवन बिमा कोष १६०.३३ प्रतिशतले बढेर २ अर्ब २६ करोड ४४ लाख रुपैयाँ पुगेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११०.८८ रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीले १ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ दीर्घकालीन कर्जा र २ अर्ब ७ करोड ८७ लाख ४४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । लगानी कर्जा तथा अन्यबाट कम्पनीले १४ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै २० करोड ७३ लाख रुपैयाँ बीमालेृख धितोमा कर्जा प्रवाह गरी ९४ लाख ८३ हजार आम्दानी गरेको छ ।
कम्पनीले १२ हजार १२० वटा बीमालेख बिक्रीबाट १ अर्ब ९० करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने हालसम्म ४ अर्ब १४ करोड ५३ लाख रुपैयाँ संकलन गरेको छ ।
चैत मसान्तसम्ममा कम्पनीले १४२ वटा दाबी वापत २३ करोड ६४ लाख भुत्तःानी गरेको छ भने ११ वटा दाबीको ७ लाख ८१ हजार रुपैयाँ बराबरको भूक्तानी हुन बाँकी छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया