साताको दोस्रो कारोबार दिन सोमबार पनि प्रि-ओपनिङ्ग सेसनमा नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से ११.३५ अंकले बढेर २ हजार ६७६ दशमलव ४६ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३० कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ५१ कम्पनीका १६ हजार २६ कित्ता शेयर ३०१ वटा कारोबारबाट ९८ लाख ७१ हजार २९७ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्..


? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया