काठमाडौँ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ को प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन हो।
प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले असोज ७ गते बुकक्लोज गर्दैछ। जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले उक्त फण्डहरुले दिने प्रतिफल प्राप्त गर्न सक्नेछन्।
नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीलाई ३.५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड ३ का इकाईधनीले २.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।







