पूँजीगत लाभ कर घटाइएको निर्णय राजपत्रमा प्रकाशित


काठमाडौँ । सरकारले सेयर बजारका व्यक्तिगत लगानीकर्ताले भुक्तानी गर्नुपर्ने पुँजीगत लाभकर (क्यापिटल गेन्स ट्याक्स) घटाएको सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ ।

नयाँ व्यवस्थाअनुसार, नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा बासिन्दा प्राकृतिक व्यक्तिको लागि करको दर ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा तीन दशमलव सात पाँच प्रतिशत कायम गरिएको छ भने ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा पाँच प्रतिशत लाभ कर कायम गरिएको छ।

आर्थिक ऐनमार्फत् अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ र ७.५ प्रतिशतको दरलाई बढाएर ७.५ र १० प्रतिशत बनाएका थिए । तर, मन्त्रिपरिषदले सो करलाई उल्टाएर पहिलाको भन्दा घटाएको हो । अर्थ मन्त्रालयका अनुसार यो निर्णय आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरेर मन्त्रिपरिषद्बाट भएको हो।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार  ०७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।