काठमाडौँ । आजदेखि सेयर कारोबार पुनः नियमित रूपमा सञ्चालन हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा देखिएको प्राविधिक समस्या समाधान भएसँगै नेप्से नियमित रूपमा सञ्चालन हुने भएको हो ।
नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य (ब्रोकर) कम्पनीहरूको डेटा सेन्टरका रूपमा रहेको ‘डेटा हब’ मा प्राविधिक समस्या उत्पन्न भएपछि अवरुद्ध बनेको प्रणालीलाई समाधान गरिएको नेप्सेद्वारा वारी सूचनामा भनिएको छ ।
यसअघि ब्रोकर कम्पनीहरूका सर्भर राखिएको डेटा सेन्टरमा प्राविधिक गडबडी आएका कारण सोमबारको सम्पूर्ण नियमित सेयर कारोबार स्थगित गरिएको थियो ।







