सिटिजन्स बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न सभा बोलाएको हो ।

बैंकले असोज २८ गते, बुधबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजे २० औँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १९ गते बुकक्लोज गर्ने भएको छ। तसर्थ, असोज १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार  ०८ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।