काठमाडौँ। संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा भाग लिएर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्केका छन्।
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वागत गरे ।
प्रधानमन्त्रीलाई स्वागत गर्न उनीसँगै गृहमन्त्री सुधन गुरुङ र संस्कृति,पर्यटन तथा नागरिक उड्यायन मन्त्री खडकराज पौडेल सहभागी थिए। प्रधानमन्त्री शाह गत मंगलबार न्युयोर्क प्रस्थान गरेका थिए ।









