नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ५३% ले बढ्यो, नाफामा सामान्य सुधार

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले चालु आर्थिक वर्ष तेस्रोे त्रैमाससम्ममा खुद बीमाशुल्क ५३.६८ प्रतिशतले बढाएको छ ।

चालु आवको तेस्रो त्रैमासको अवधिमा कम्पनीले ८ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ५ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफामा भने सामान्य आएको छ । यस अवधिसम्ममा इन्स्योरेन्सले ३२ करोड २५ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.२० बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड ५६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट २ करोड ७७ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्यबाट २ अर्ब १३ करोड ६ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट ३८ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.६८ रुपैयाँ छ । जीवन बीमा कोष ४० अर्ब २१ करोड ७९ लाख, जगेडा कोषमा ८१ करोड १७ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३२.०१ रुपैयाँ रहेको छ । यस्तै महाविपत्ती कोषमा २९ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत, जगेडा कोष ६.४७ प्रतिशत, जीवन बीमा कोष २७.५६ प्रतिशत, महाविपत्ती कोष १६.७१ प्रतिशत, लगानी कर्जा तथा अन्यबाट हुने आय १९ प्रतिशत, दाबी भुक्तानी रकम ५२ प्रतिशत, र जारी बीमालेखको संख्यामा १९ प्रतिशतले बढोत्तरी गरेको छ ।

कुल ९ लाख १७ हजार ९५० वटा बीमालेख कायम रहेको इन्स्योरेन्सले ८ अर्ब ९५ करोड ४९लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले १८ हजार १०८ वटा दाबी बापत २ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ३८ करोड ७१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।