सानिमा बैंकले १८ प्रतिशत लाभांश दिने


काठमाडौँ । सानिमा बैंक लिमिटेडले सेयरधनीलाई १८ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको सोमबार राजधानीमा बसेको २२औँ वार्षिक साधारण सभाले गत असार मसान्तको साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) र अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरेलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । आर्थिक वर्ष २०८२-८३ मा ३.५५ अर्ब खुद मुनाफा गरेको सानिमा बैङ्कको कुल सम्पत्ति २९१.२१ अर्ब, कुल निक्षेप २४९.९३ अर्ब तथा खुद कर्जा सापटी २०३.९९ अर्ब रहेको छ ।

आव २०८१-८२ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १०.८४ प्रतिशत, ११.१९ प्रतिशत र १०.५० प्रतिशतले वृद्धि गरेको बैङ्कले जनाएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलबार  ०७ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।