बीमा कम्पनीका सबै शाखा बन्द गरी कर्पोरेट कार्यालय मार्फत मात्रै सेवा दिइने

0
Shares

बीमा कम्पनीका शाखा कार्यालय बन्द हुने भएका छन् । कम्पनीहरुका शाखा कार्यालय बन्द गर्ने बारेमा समितिमा छलफल भईरहेको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए ।

काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयले बीमा कम्पनीका शाखा बन्द गर्न निर्देशन दिए पछि यस बारेमा ठोस् निर्णय लिनका लागि समिति छलफलमा रहेको हो ।

उपत्यका भित्रका सबै शाखा कार्यालय बन्द गरी कर्पोरेट कार्यालयमार्फत मात्रै सेवा दिने गरी निर्देशन जारी गर्न लागिएको उनले बताए । तर, समितिले यस बारेमा स्पष्ट निर्देशन जारी भने गर्न बाँकी रहेको उनले बताए ।

यस अघि कम्पनीहरुले एक तिहाई कर्मचारीबट सेवा प्रवाह गर्दै आईरहेका थिए ।

वैशाख १६ देखि जारी भएको निषेधाज्ञा जेठ १३ गतेसम्म लम्बिएको छ । उपत्यकाका तीन जिल्लाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले निषेधाज्ञा थप १५ दिन थप्ने निर्णय गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।