सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।

बुधबार सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १८१.५१ अमेरिकी डलर र चाँदी ६१.१७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।