सेयर बजारमा लगातार गिरावट


काठमाडौँ । सेयर बजार परिसुचकमा निरन्तर गिरावट आएको छ । बुधबार नेप्से ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा पुगेको हो ।

आज कारोबारमा आएका ३५२ कम्पनीका १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयरहरू ४७ हजार ९०० पटक किनबेच हुँदा ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्से ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब २८ करोड ९५ लाख रुपैयाँ पुगेको थियो ।

बुधबार व्यापार समूह ३८ अंकले बढेको बजारमा जलविद्युत समूह ०.७० अंकले र म्याचुअल फण्ड समूह ०.०५ अंकले बढेको बजारमा अरु सबै उपसुचकमा गिरावट आएको छ ।

समग्र बजार घट्दा पनि सिन्धु विकास बैंकको सेयर मूल्य १४.३७ प्रतिशतले बढेको छ । सयपत्री हाइड्रोपावरको सेयर मूल्य ८.४१ प्रतिशतले, घलेम्दी हाइड्रोको सेयर मूल्य ७.३१ प्रतिशत, मैलुङ खोला जलविद्युतको सेयर मूल्य ५.२६ प्रतिशतले र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ४.२८ प्रतिशतले बढेको छ ।

यता, सानिमा ग्रथ फण्डको एकाई मूल्य ३.७८ प्रतिशतले घटेको बजारमा चिर्खवा हाइड्रोपावरको सेयर मूल्य ३.६० प्रतिशत, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ३.५१ प्रतिशतले र याम्लिङ हाइड्रोपावरको सेयर मूल्य ३.३६ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा घलेम्दी हाइड्रो ३९ करोड ४८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको बजारमा कारोबारमा आएका इकाई संख्याको आधारमा पनि सोहि कम्पनी १४ लाख ८२ हजार ६०६ इकाई २ हजार ५८७ पटकको किनबेच सहित शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।