काठमाडौँ । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
सबै मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढीका कारण असोज १० गते बिहान १०ः३० बजेदेखि अवरुद्ध भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि आवागमन ठप्प रहने जनाइएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–०२ चालिसेमा पहिरो खसेपछि आज बिहान ४ः२० देखि सडक एकतर्फी मात्र सुचारु रहेको छ ।
असोज ८ गते दिउँसो १६ बजे आएको बाढीका कारण बेसीसहर हुँदै खाङ्सार जाने सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा खसेको पहिरोका कारण असोज ९ गते साँझ १९ः४५ देखि यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।
बेनी–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका–०२ बैसरी र अन्नपूर्ण गाउँपालिका–०३ सुकेबगरमा असोज १० गते बिहान ५ः५० बजे पहिरो खस्दा सडक पूर्ण अवरुद्ध भएको छ । बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–०४ घुमाउने भीरमा असोज १० गते साँझ १७ः५० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द रहेको छ ।







