काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो ।
आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार प्रतितोला ४ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४ हजार ४४० रुपैयाँ कायम भएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १९४.४ अमेरिकी डलर र चाँदी ६०.८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







