सुनको मूल्य बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ किनबेच?


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ ।

बुधबार प्रतितोला ८०० रुपैयाँले बढेको सुनको मूल्य आज ५०० रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९२ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।

यता, बुधबार प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १३२.९१ अमेरिकी डलर र चाँदी ६०.०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।