काठमाडौँ । नारायणगढ-काठमाडौँ सडकखण्डमा दसैं घटस्थापनादेखि पूर्णिमासम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।
दसैंमा यात्रुवाहक सवारीको अत्यधिक चाप रहने भएकोले यातायात व्यवस्था विभागले यस्तो निर्णय गरेको हो ।
जसअनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्म नारायणगढ-काठमाडौं रुटमा ठूला सवारी चलाउन पाइने छैन । तर, खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्वाध गुड्न पाउने छन् ।







