काठमाडौँ । सुपरमाई हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्न पूर्व स्वीकृती प्राप्त गरेको छ ।
विद्युत नियमन आयोगबाट कम्पनीले १ बराबर ०।९२५२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने पूर्व स्वीकृती पाएको हो।
यस अनुसार कम्पनीले ५९ करोड ४० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख ४० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
कम्पनीको ११ औँ वार्षिक साधारण सभाले १ बराबर १ अनुपतमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गरी पूर्व स्वीकृतीका लागि आयोगमा निवेदन दिएकोमा, आयोगले १ बराबर ०.९२५२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने पूर्व स्वीकृती दिएको हो।
हकप्रद सेयर निष्काशनबाट प्राप्त रकम कम्पनीले नबिल बैंकको कर्जा भुक्तानी गर्न प्रयोग गर्नेछ ।







