कुमारी बैंकले पारित गर्यो नगद लाभांश वितरण गर्ने प्रस्ताव


काठमाडौँ । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव साधारण सभाबाट पारित गराएको छ । बैंकको बुधबार सम्पन्न २६ औँ वार्षिक साधारण सभाले सेयरधनीहरुलाई कर सहित २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/८३ असार मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण समेत पारित गरेको छ ।
विगत २५ वर्ष देखि बैंकिङ्ग सेवा दिदै आएको बैंकले आफ्ना देशभर रहेका २७९ शाखा सञ्जाल, २९४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार  १७ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।