काठमाडौँ । मंगलबार स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार २०० र चाँदी ६० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार २०० र सोही परिमाणको चाँदी ४ हजार ३५५ रुपैयाँ कायम भएको छ ।
सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० र त्यति नै परिमाणको चाँदी ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १९७.६ अमेरिकी डलर र चाँदी ६०.६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







