काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको सुधार आएको छ । बुधबार नेप्से २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका ३५४ कम्पनीका १ करोड १६ लाख ७४ हजार २०९ कित्ता सेयरहरू ३९ हजार १८३ पटक किनबेच हुँदा ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्से ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँ पुगेको थियो ।
बुधबार सबै उपसुचकमा हरियाली देखिएकोमा सबैभन्दा बढी निर्जीवन बीमा समूह ११३.८६ अंकले बढेको छ । जीवन बीमा समूह ८६.९५ अंकले बढ्दा विकास बैंक समूह ६४.५३ अंकले, उत्पादन तथा प्रशोधन समूह ४८.७५ अंकले, लघुवित्त समूह ३५.२३ अंकले, व्यापार समूह २५.७७ अंकले, वाणिज्य बैंक समूह २२.४४ अंकले, अन्य समूह ११.२८ अंकले र जलविद्युत समूह १०.३४ अंकले बढेको छ ।
१०.७५ प्रतिशत एसबीएल डिभेन्चर २०८९ को इकाई मूल्य १३.२१ प्रतिशतले बढेको बजारमा ७ प्रतिशत नेपाल एसबीआई बैंक डिभेन्चर २०९० को इकाई मूल्य ८.१८ प्रतिशतले बढेको छ । उपकार लघुवित्तको सेयर मूल्य ४.९५ प्रतिशत, एनआईसी एसिया सेलेक्ट फण्ड–३० को इकाई मूल्य ४.९१ प्रतिशत र ७ प्रतिशत नबिल बैंक डिभेन्चर २०८९ को इकाई मूल्य ४.५५ प्रतिशतले बढेको छ ।
समग्र बजार बढ्दा पनि यता, सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य ६.३२ प्रतिशतले घट्दा एभरेष्ट कलरको सेयर मूल्य ४.९५ प्रतिशत, स्वाभिमान लघुवित्तको सेयर मूल्य ३.७५ प्रतिशत, उपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य ३.६४ प्रतिशत र सिटी होटलको सेयर मूल्य ३.३३ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा कुमारी बैंक शर्षिस्थानमा रहेको छ । बैंकका ११ लाख ३ हजार ३५७ इकाई सेयरहरू १ हजार ७५९ पटक किनबेच हुँदा २६ करोड ४६ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।








