नेप्सेमा झिनो अंकको वृद्धि


काठमाडौँ । आज (मंगलबार) नेप्सेमा ०.९४ अंकको झिनो वृद्धि भई २६३०.७६ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा कुल ३६० कम्पनीका सेयर कारोबार भएका मध्ये १३५ कम्पनीका सेयरमूल्य बढेका छन् भने १३६ कम्पनीका सेयरमूल्य घटेको छ भने ८ कम्पनीका सेयरमूल्य भने स्थिर रहेका नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज कुल १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर ५३ हजार ३० कारोबारबाट ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँमा किनबेच भएको छ ।

आज बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेड, दोर्दीखोला जलविद्युत कम्पनी, सुपर मादी हाइड्रोपावर लिमिटेड तथा सिर्जनशील लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् ।

सबैभन्दा धेरै गुमाउनेमा भने युनिलिभर नेपाल लिमिटेड, नविल बैंकको डिवेञ्चरमा लगानीकर्ता, आरवीवी फोकस फोर्टी, सनराईज फस्ट म्युचुअल फण्ड तथा केवीएल डिवेञ्चरका लगानीकर्ता रहेका छन् ।

आज सेयरबजारमा सूचीकृत समुहमध्ये जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् ।

आज वाणिज्य बैंक,विकास बैंक, वित्त, होटेल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादनशील तथा प्रशोधन, निर्जीवन बीमा तथा व्यापार समूहका परिसूचक भने ओरालो लागेका छन् ।

प्रकाशित मिति: १० कार्तिक २०८३, मंगलबार  १५ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।