काठमाडौँ । दुई अर्ब बढीको क्रिप्टोकरेन्सीको कारोबारी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज रु दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको कारोबारमा संलग्न धनुषाका सुनिलकुमार यादवलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा निजले अमेरिकी डलर दुई करोड ६९ लाख ८१ हजार ३८८ बराबरको क्रिप्टो कारोबार गरेको पाइएको छ । यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वय पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
निजलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) तथा दफा २६२ (क) १ को (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








