सेयर बजारमा सामान्य अंकको सुधार


काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार आएको छ । बुधबार नेप्से १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेको हो ।

आज कारोबारमा आएका ३५८ कम्पनीका २ करोड १२ लाख २३ हजार ४१४ कित्ता सेयरहरू ५९ हजार १८५ पटक किनबेच हुँदा ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्से ६.६२ अंकले बढ्दा कारोबार रकम २६६४.१३ विन्दुमा पुग्दा कारोबार रकम ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँ पुगेको थियो ।

बुधबार अन्य समूह १११.५८ अंकले बढ्दा व्यापार समूह ३५.४१ अंकले, जीवन बीमा समूह १३.०६ अंकले बढेको छ भने होटल तथा पर्यटन समूह ५२.८४ अंकले घटेको छ । जलविद्युत समूह २५.०८ अंकले, विकास बैंक समूह २४.४३ अंकले र वाणिज्य बैंक समूह १३.२३ अंकले घटेको छ ।

नेपाल रिइन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बजारमा हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य ११.४८ प्रतिशतले बढ्दा स्वेत–गंगा हाइड्रोपावरको सेयर मूल्य ८.६५ प्रतिशत, घोराही सिमेन्टको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

यता सिभिल बैंक डिभेन्चर २०८८ को इकाई मूल्य ६.३४ प्रतिशतले घटेको छ । शिखर पावर डिभलपमेन्टको सेयर ३.७४ प्रतिशतले र सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ३.३४ प्रतिशतले घटेको छ ।

बुधबार कारोबार रकमको आधारमा स्वेत–गंगा हाइड्रोपावरको शीर्षस्थानमा रहेको छ । कम्पनीले ८५ करोड ८४ लाख ९८ हजार रुपैयाँको कारोबार गरेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि स्वेत–गंगा हाइड्रो २७ लाख ५३ हजार ७४५ इकाईको कारोबार सहित अग्रस्थानमा रहेकोमा कारोबारमा आएका ईकाई संख्याको आधारमा हिमालयन रिइन्स्योरेन्स ४ हजार २६७ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार  १५ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।