सुनचाँदीको मूल्य बढ्यो


काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन एक हजार ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८५५ रुपैयाँ कायम भएको छ । 

आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८१० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: २३ कार्तिक २०८३, सोमबार  १३ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।