एनपिएल क्रिकेट : पोखरा एभेन्जर्सले टस जित्यो


काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटअन्ततर्गत कर्णाली याक्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्दै छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा पोखराले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

पोखराल यसअघि ४ वटा खेल खेलेकामा सबैमा पराजित भएको थियो । पोखरा सुदूरपश्चिमसँग ६ विकेट र जनकपुरसँग ९ रनले पराजित भएको थियो । त्यसैगरी पोखरा लुम्बिनी लायन्ससँग ८ विकेट र चितवनसँग ३० रनले पराजित भएको थियो ।

अर्कातर्फ कर्णाली पनि पोखरालाई हराउँदै जित निकाल्न कोसिस गरिरहेको छ । प्रतियोगितामा समान ४ खेल खेलेको कर्णालीले २ खेलमा जित तथा दुई खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८३, सोमबार  १३ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।