जुवाको खालबाट २५ जना पक्राउ


काठमाडौँ । मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दरबाङ, म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ४० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमार बस्ने ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा तेजकुमारसमेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८८ हजार ९७० रुपैयाँ र १६ थान कौडा हित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार  १२ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।