सेयर बजार परिसुचकमा गिरावट


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसुचकमा गिरावट आएको छ । आज नेप्से ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ३५२ कम्पनीका १ करोड ६ लाख २ हजार ४६८ कित्ता सेयरहरू ३९ हजार ९६६ पटक किनबेच हुँदा ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेप्से ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुग्दा कारोबार रकम ३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ पुगेको थियो ।
शुक्रबार डोल्ती पावरको सेयर मूल्य ५.१४ प्रतिशतले बढ्दा भुगोल इनर्जीको सेयर मूल्य ४.२६ प्रतिशत, मनकामना इन्जिनियरिङको सेयर मूल्य ३.४३ प्रतिशतले बढेको छ ।

यता, मुक्तिनाथ म्याचुअल फण्ड २ को इकाई मूल्य ८.५० प्रतिशतले घटेको बजारमा पाल्पा सिमेन्टको सेयर मूल्य ६.५५ प्रतिशतले, स्वस्तिक लघुवित्तको सेयर मूल्य ५.०४ प्रतिशतले र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४.८१ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा ग्लोबल आइएमई बैंक २० करोड २२ लाख २१ हजार रुपैयाँको कारोेबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि ग्लोबल आइएमई बैंक ७ लाख ४९ हजार १०८ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको बजारमा कारोबार संख्याको आधारमा एनआइसी एसिया बैंक १ हजार ८४ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार  १५ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।