नेपाल बङ्गलादेश बैंकद्धारा बार्षिकोत्सवको अवसरमा सरकारलाई ७० लाख बराबरको सहायत प्रदान

0
Shares

नेपाल बङ्गलादेश बैंकले आफनो २७ औ बार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको इजाजत प्राप्त यस बैंकले २०५१ साल जेष्ठ २३ गतेदेखि आफ्नो बैकिङ्ग कारोबार शुभारम्भ गरेको थियो । 
 
नेपाल बङ्गलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो । यस बैंकमा मित्र राष्ट्र बंगलादेशको आईएफआइसी  बैंकको ४०।९० प्रतिशत लगानी रहेको छ । 
 
बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकहरुलाई बैकिङ्ग सुबिधा दिदैं आएको  छ । बैंकले अत्याधुनिक बैकिङ्ग सुबिधाहरु दिनुको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ ।  
 
आफ्नो वार्षिकोत्सवको अवसर पारेर बैकले हाल नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई नेपाली ६६ लाख बराबरको २५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण  गरेको छ । 
 
साथै सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाख  आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनटे«टर खरिद गर्ने छ । 
 
आफ्नो वार्षिकोत्सवको अवसरमा बैंकको २७ बर्षसम्मकोे निरन्तर यात्रामा सहयात्री भई साथ दिने ग्राहक, शुभचिन्तक, शेयरधनी, नियामक निकाय एवं साझेदार संस्थाहरुमा हार्दिक धन्यवाद ब्यक्त गरेको छ । साथै आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुबिधा दिंदै ग्राहकहरुको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्घता पनि गरेको छ । 
 
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।