बजार सूचक बढेर ऐतिहासिक उचाईमा पुग्दा किन घटे धेरै कम्पनीको शेयर मूल्य ?


आइतबार शेयर बजारले ऐतिकासिक रेकर्ड कायम गरेको छ । बजार परिसुचक नेप्से र कारोबार रकममा आएको तिब्र सुधारले आइतबार रेकर्ड कायम भएको हो । यसरी बजारले रेकर्ड कायम गर्दै गर्दा आइतबार कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ ।

कुल १८१ कम्पनीको शेयर कारोबारमा आएकोमा ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर भएको बजार ५०.१४ अंकले उकालो लागेर २९०६.९१ अंकमा पुगेर रेकर्ड कायम भएको हो । थोरै कम्पनीको शेयर मूल्य बढेर धेरै कम्पनीको शेयर मूल्य घट्दा किन बजार ५० अंकले बढ्यो भन्ने लाग्न सक्छ ।

आइतबार बजार पूँजीकरणका आधारमा धेरै हिस्सा लिएको क्षेत्र वाणिज्य बैंकमा ६९.८५ अंकको सुधार आएको छ । बजारमा झण्डै ७० प्रतिशत हिस्सा ओगटेको वाणिज्य बैंक समुहमा आएको तिब्र सुधारका अगाडी बाँकी हिस्सामा रहेका कम्पनीको शेयर मूल्यमा आएको सामान्य गिरावटको असर कम परेका कारण आइतबार थोरै कम्पनीको धेरै हिस्साले सुचकलाई माथि उठाएको हो ।

समग्र बजार परिसुचक १.७५ अंकले बढ्दा ठुला कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स जो सहायक सूचक हो, यो मात्र १.५४ अंकले बढेको छ । अर्थात ठुला कम्पनीको शेयर मूलयमा आएको वृद्धिको भार समग्र सूचकमा धेरै परेकाले आइतबार बजार तिब्र गतिमा उकालो लागेको हो ।

सबै कम्पनीका कारोबार योग्य शेयरको मात्र सूचक गणनाा गर्ने सुचक फ्लोट र ठुला कम्पनीको कारोबार योग्य सूचकको वृद्धिको आँकडालाई हेर्ने हो भने वृद्धि अनुपात उस्तै उस्तै हुन आउँछ । सूचीकृत सबै कम्पनीको कारोबार योग्य शेयरको सूचक गणनाा गर्ने फ्लोट इन्डेक्स ४.११ प्रतिशत अर्थात २.०९ प्रतिशतले बढेको छ भने ठुला कम्पनीहरुको कारोबारयोग्य शेयरको सूचक गणना गर्ने सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४२ अंक अर्थात २.०२ अंकले बढेको छ ।

उल्लेखित तथ्यांकले बुझाउने के हो भने आइतबारको बजार वृद्धिमा वाणिज्य बैंक, नेपाल टेलिकम लगायतका ठुला कम्पनीको शेयर कारोबारको सूचक गणनाा गर्ने सेन्सेटिभ इन्डेक्समा तिब्र सुधार देखिँदा धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि समग्र बजार तिब्र गतिमा बढेको हो ।

समुहगत आधारमा हेर्दा झण्डै ७० प्रतिशत हिस्सा रहेको वाणिज्य बैंक बाहेकका विकास बैंक, वित्त, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी सूचक मात्र उकालो लागेका छन् । उल्लेखित सूचकहरुमा लगानी र विकास बैंकको हिस्सा धेरै छ भने अरुको हिस्सा तुलनात्मक रुपमा कम छ । सबै समुहमा आएको वृद्धिले नेप्से परिसुचकलाई एउटा विन्दुसम्मको उचाई दिएका हुन् ।

नेप्सेको उक्त उचाईलाई आइतबार शेयर मूलय घटेका उपसमुहहरु व्यापार, होटल, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा र उत्पादन समुहमा आएको गिरावटसँग समायोजन गर्दा ठुला कम्पनीको शेयर मूल्यको वृद्धिदर अधिक भए पनि कम्पनीको संख्याले कुनै असर नदेखाएको हो ।

सामान्य अवस्थामा धेरै कम्पनीको शेयर मूल्य बढ्दा बजार परिसुचक बढ्ने र यस्ता कम्पनीको शेयर मूल्य घट्दा बजार पनि घट्ने हुन्छ । अझ कतिपय अवस्थामा त ठुला कम्पनीहरुको शेयर मूल्यमा धेरै परिवर्तन नआउँदा सेन्सेटिघ इण्डेक्स घटेका बेला बजार बढ्ने पनि भईहरेको हुन्छ । तर आइतबार भने साविकको कम्पनी संख्याका आधारमा नभई बजार हिस्साका आधारमा बजार घटबढको अवस्था देखिएको हो ।

यस दौरान आइतबार कुल १७ अर्ब २७ करोड १७ लाख रुपैंयाको शेयर कारोबार हुँदा मर्जरमा रहेका हिमालयन र इन्भेष्टमेण्ट बैंक बाहेकका २४ वाणिज्य बैंकको मात्र ६ अर्ब ४१ करोड १० लाख रुपैंयाको शेयर किनबेच भएको छ । कुल ३ करोड ७४ लाख ५५ हजार कित्ता शेयर कारोबार भएकोमा वाणिज्य बैंकको मात्र १ करोड ५० लाख ४७ हजार कित्ता शेयर कारोबार भएको छ । कुल १ लाख ७१ हजार पटक शेयर किनबेच भएकोमा वाणिज्य बैंकहरुको शेयर मात्र ६४ हजार ७०० पटक किनबेच भएको छ ।

आइतबारको बजार वृद्धिलाई हेर्दा वाणिज्य बैंक समुहको सूचक नेप्से सूचकभन्दा कमजोर अवस्था रहेको देखिन्छ । गत वर्ष असोज १८ गते बिहीबारका दिन समग्र बजार परिसुचक नेप्से १५१० अंकमा हुँदा वाणिज्य बैंक समुहको सूचक १२३४ अंकमा थियो । त्यस पछि मंसिर १६ गते बजार परिसुचक नेप्से २००० अंकमा उक्लिँदा वाणिज्य बैंक उपसमुह १५०० अंकमा उक्लिएको थियो । त्यस यता आजका दिनसम्म आईपुग्दा बजार परिसुचक नेप्से २९०६ अंकमा उक्लिँदा वाणिज्य बैंक समुहको सूचक १९७७ अंकमा छ ।

१५०० विन्दुमा हुँदाको बजार र आजको बजारलाई हेर्ने हो भने वाणिज्य बैंकको शेयर मूल्यमाभन्दा अन्य समुहका कम्पनीहरुको शेयर मूलयमा धेरै वृद्धि भएको छ । अर्थात वाणिज्य बैंकको शेयर मूल्यले भन्दा अरु कम्पनीको शेयर मुल्य वृद्धिको असरले बजार २९०० अंकमा आई पुगेको छ । नेप्से र वाणिज्य बैंक समुहको सूचकको अन्तर बढ्दै गएको अवस्थाका बिच आइतबार वाणिज्य बैंक समुहको सूचकमा तिब्र सुधार देखिएको हो । जसको सिधा असर समग्र बजार परिसुचकमा परेको हो ।

गत असोज तेस्रो साताको बजार र आजको बजारलाई तुलना गर्दा वाणिज्य बैंकहरुको शेयर मूल्य अझै सस्तो अर्थात अवमुल्यनको अवस्थामा रहेको बुझ्न सकिन्छ । बजारले यस्तै साचेको खण्डमा धेरै कम्पनीको शेयर मूल्य बढेर नभई ठुला कम्पनीको शेयर मूल्य बढेर बजार परिसुचक नेप्से अझै माथि पुग्ने आँकलन गर्न सकिन्छ । यद्यपी सुस्तरी सुस्तरी नभई तिब्र गतिमा हुने वृद्धिले बजारलाई कत्तिको स्थायीत्व दिन्छ भन्नेमा पनि बजारको आगामी यात्रा निर्धारण हुनेछ ।

शेयर बजार ‘ओभर भ्याल्यूड’, कुल ग्राहस्थ उत्पादनभन्दा बजार पूँजीकरण धेरै

नेप्से ऐतिहासिक उचाइमा पुग्दा कुन कम्पनीका शेयरधनीले कमाए, कसले गुमाए ?