सिटिजन्स बैंकको बुकक्लोज तय

0
Shares

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले असार २४ गते बिहीबार शेयर दाखिला खारेजी मिति (बुकक्लोज) तोकेको छ ।

बैंकको असार १५ गते सम्पन्न ३६७ औं बैठकले सिर्जना फाइनान्स कम्पनीलाई प्राप्त गरी एकीकृत कारोबार गर्ने प्रयोजनका लागि एक दिन बुकक्लोज गर्ने निर्णय गरेको हो ।

यसैगरी बैंकमा विलय हुन लागेको सिर्जना फाइनान्स कम्पनी लिमिटेडको शेयर स्वामित्व परिमार्जन भएको छ ।

फाइनान्सले ७ लाख ७० हजार २६३ कित्ता संस्थापक शेयर साधारणमा परिणत गरेको हो । यससँगै फाइनान्समा संस्थापक र साधारण शेयरको अनुपात ५२ः४८ कायम भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १६ असार २०७८, बुधबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।