लक्ष्मी बैंकलाई २ अर्बको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

0
Shares

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लक्ष्मी बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति दिएको छ ।

बोर्डले असार १५ गते मंगलबार प्रति इकाई एक हजार रुपैयाँ अंकित दरमा कुल २० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो ।

कूल निष्काशित ऋणपत्रमध्ये ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा निष्काशन हुनेछ भने एक अर्ब २० करोड बराबरको १२ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट अन्य संस्थाहरुलाई बिक्री गर्नेछ । ऋणपत्रको ब्याज दर ८.५ प्रतिशत कायम गरिएको छ ।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ असार २०७८, बिहिबार  १३ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।